काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आफु रक्षामन्त्री हुँदा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको बताउनुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका सांसद प्रधानले सन् २०१७ मा आफु रक्षामन्त्री रहेको र आफ्नो कार्यकालमा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको हो । […]