प्रधानमन्त्रीविरुद्ध कांग्रेसले अविश्वासको दर्ता गर्छ : भीमसेनदास प्रधान (भिडिओसहित)

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई कुनै विजनेस नै नदिएर स्थगित गरेकोमा आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री ओलीको सोच नै ‘म नै राज्य हुँ, मेरो अगाडि कसैले केही गर्न सक्दैन्’ भन्ने देखिएको पनि टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स […]

सम्बन्धित सामग्री

काठमाडौं –६ मा पनि स्वतन्त्र पार्टीकाे अग्रता, कांग्रेस तेस्राे

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान तेस्रो छन् । उनले ३८ मत प्राप्त गरेका छन् ।

सुकुम्वासीको समस्या समाधान गर्छौँ : भीमसेनदास प्रधान

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता प्रधानले आज काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताए […]

भीमसेनदास प्रधान : काठमाडौं-६ मा ‘ह्याट्रिक’ गर्ने दाउ

काठमाडौं-६ मा चौथो पटक थोपरिएको भन्ने आरोपले पनि प्रधानलाई केही अप्ठ्यारोमा पारेको छ । तर एमालेका प्रतिस्पर्धी खनालको सार्वजनिक छवि राम्रो नहुनु र अराजनीतिक व्यक्ति भएको हुनुले त्यसको फाइदा पुग्ने र तेस्रो पटक जित निकालेर ह्याट्रिक गर्ने दाउमा प्रधान छन् । यसबाट स्वतन्त्र उम्मेदवार शिशिर खनाललाई केही फाइदा पुग्न सक्छ ।

काठमाडौँ–६ : भीमसेनदास प्रधान ढुक्क, जित निकाल्ने दाउमा सर्वेन्द्र खनाल

सचिना बानियाँ, काठमाडौंँ, २४ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा ब्यस्त छन् । उम्मेदवारहरु आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारहरुले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् । काठमाडौँ क्षेत्र नं.६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर ४ गते […]

संविधान जोगाउन गठबन्धन आवश्यक छ : भीमसेनदास प्रधान

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका छन् । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनाले बताए। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको […]

प्रकाशमान रुखो सिर्जना बटरजस्तो : भीमसेनदास प्रधान

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले स्थानीय निर्वाचनमा कांग्रेसलाई जित्नैपर्ने दबाब रहेको बताएका छन्। यसपटक एक्लो एमालेसँग पाँच पाँच वटा दलको गठबन्धन बनाएर लड्दै गरेको अवस्था रहेकोले कांग्रेसलाई हार्ने सुविधा नभएको प्रधानले बताए। ‘एमालेसँग कांग्रेस एक्लै लड्न लागेको हैन, गठबन्धन भर्सेस् एमाले हो’, काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक…

जालझेल र तिकडमले मेरो मत कम आयो : भीमसेनदास प्रधान

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा पराजित उम्मेदवार भीमसेन दास प्रधानले अनेक जालझेल र तिकडमका कारण आफ्नो पक्षमा कम मत आएको बताएका छन् । आइतबार बिहान हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रधानले अनेक जालझेल, तिकडम र अफवाह फैलाएका कारण आफ्नो पक्षमा कम मत आएको दावी गरेका हुन् ।‘निर्वाचनमा हुने अनेक जालझेल र तिकडमले गर्दा मेरो मत कम आयो । निर्वाचनका क्रममा विभिन्न अफवाह पनि फैलाइयो’, प्रधानले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै भने,‘ विधान त खसेको मतबाट ५१ मत ल्याउनुपर्नेमा

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान

काठमाडौं– ६ मा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन् । १३ सय मतान्तरले माओवादी केन्द्रका झक्कु सुवेदीलाई हराउँदै प्रधान निर्वाचित भएका छन् ।