मदिराको लतमा हतियार प्रहार, सहकर्मी पक्राउ

काठमाडौँ महानगरपालिका–१५ ठाडो भ-याङस्थित ग्रिल कारखानाका मजदुरलाई मदिराको लतमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । यसरी फेला पर्नेमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ घर बताउने ४८ वर्षीय मिलन खत्री रहेका छन् । उनीमाथि नुवाकोटको विदुर नगरपालिका–१ घर भएका २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग रहेको महानगरीय प्रहरी कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।   खोजतलासका क्र...

सम्बन्धित सामग्री

बिहेको भोज खाइरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक जना पक्राउ

वीरगञ्ज – बिहेको भोज खाइरहेका व्यक्तिलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बाराको फेटा गाउँपालिका–१ भलुही टोल बस्ने २० वर्षीय सुरज दासलाई पक्राउ गरेको हो। उनले सोही स्थानका रामविद्या महतोको घरमा विवाहको भोज खाइरहेको अवस्थामा २२ वर्षीय राजकरण दासको टाउकोमा हतियार प्रहार गरेका थिए। सुरजले दासको […]

दरबारमार्गको क्लब प्लाटिनमका दुई बाउन्सरलाई हतियार प्रहार गर्ने दुई जना समातिए

काठमाडौं : काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरलाई धारिलो हतियार प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाउन्‍सर निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका २ जना मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं…

मदिराको तालमा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा :  झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्र बस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

मदिरा पिएर श्रीमतीको कोखमा हतियार प्रहार गरि हत्या, फरार श्रीमान सीमाबाट पक्राउ

काठमाडौं : झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। श्रीमतीको हत्या गरी फरार…

हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरी र सर्वसाधारणमाथि हतियार प्रहार गरेको आरोपमा युवक पक्राउ

प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई धारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए । त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई

धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने ८ जना पक्राउ

कैलाली, २५ कात्तिक । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका(१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ […]

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

३१ असार, काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

ईलाम, २ असार । धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–२ लालिखर्क बस्ने ४५ वर्षीय डिक बम्जनलाई धारिलो हतियार सिक्कल प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय सुनिल गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित लालिखर्कबाट हिलेतर्फ जाने भित्रि सडकमा […]