प्रदेश-२ को नामाकरणका लागि ५ नाम प्रस्ताव, यसरी शुरू हुँदैछ प्रक्रिया

१० वैशाख, जनकपुरधाम । प्रदेश नम्बर २ को नामाकरणका लागि ५ वटा नाम प्रस्ताव गरिएको छ । प्रदेश सभा सचिवालयले प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबारसम्म ५ वटा नामको प्रस्ताव दर्ता भएको छ । दोस्रो पटक थालिएको प्रक्रिया अन्तर्गत प्रदेशको नाम मधेश, जानकी, जनक, मिथिला–भोजपुरा र मध्य मधेश हुनुपर्ने प्रस्ताव दर्ता भएको छ । यसअघि […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ?

इटहरी । बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाइसक्दा प्रदेश १ ले भने अझै नामाकरण गर्न सकेको छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईकै कार्यकालमा २३ वैशाख ०७६ मा विराटनगरलाई राजधानी तोकिएपनि नामाकरण भने अझै भएको छैन । तीनपटक सत्ता परिवर्तन हुँदा पनि नामाकरण’bout अझै प्रदेश सरकार अन्यौलमा छ । सोमबार प्रदेश २ ले […] The post प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । […]

प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी

३ माघ काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ । अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला-भोजपुरा र मध्य मधेश […]

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति असफल

२ माघ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश […]

के आज टुंगिएला प्रदेश २ को नाम र स्थायी राजधानी?

जनकपुरधाम – प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि आज अन्तिम दिन प्रदेशसभामा छलफल हुँदैछ। आइतबार ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा नाम र राजधानीका लागि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएको कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेपछि आज प्रदेशसभा बैठक बोलाइएको छ। सभामुख सरोज यादवको […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा […]

प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन, १५ दिनको समय

काठमाडौं, पुष १३ । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई नामाकरण र राजधानीका लागि पेस भएको प्रस्तावमाथि अध्ययन तथा छलफलगरि १५ दिनभित्र प्रदेश सभामा पेस गर्ने समय दिइएको छ । […]

दलीय खिचातानीका कारण प्रदेश– २ काे नाम र राजधानी अझै टुङ्गो लागेन (भिडियाेसहित)

प्रदेश– २ को सत्तापक्ष तथा विपक्षी दलहरुको अडानका कारण प्रदेशको नामाकरण र स्थाई राजधानीको टुगो लाग्न सकेको छैन । सहमति हुन नसकेकै कारण नामाकरण र राजधानीका लागि अघि सारिएका प्रस्तावहरु फेल हुने गरेका छन् । बहुमत हुँदाहुँदै आन्तरिक मतभेदका कारण नाम र राजधानी पाउन नसकेको सत्तारुढ दलको भनाइ छ ।