पोखरा– ‘अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ। हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो।’ एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव हो […]