संसद विघटनबारे कांग्रेसले भन्यो : गणतन्त्र र संविधानलाई असफल बनाउने दुस्साहस

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउन तत्कालिन ओली सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा ओली सरकार बनेदेखि नै संसदलाई ‘रबरस्ट्याम्प’ बनाउने प्रयास भएको र त्यसक्रममा नै दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ । ‘सरकारले कार्यपालिका […]

सम्बन्धित सामग्री

संविधान जोगाउन गणतन्त्र पक्षधर एकताबद्ध होऔं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो

तेस्रो पटक विघटनको संघारमा संसद !

भदौ ३१, काठमाण्डौ । अहिले मुलुक राजनीतिक स्वार्थका कारण गम्भीर अवस्थामा पुगेको छ । सत्तारुढ र विपक्षी दलका आ आफ्नै स्वर्थाका कारण राज्य संयन्त्रलाई नै बन्धक बनाइएको छ । मुलुक गणतन्त्र र संघीयतामा गए यता पहिलो पटक बजेट होलिडे लागू भइसकेको छ । आफूले निष्कासन गरेका १४ जना सांसदलाई कारवाही नगरेर सभामुख अग्निप्रसाद सापकोटा नेकपा […]

नेतृत्वले काँचुली फेर्ने अन्तिम मौका

अहिले हाम्रो राजनीतिको गति र मति गाउँ-शहरका उचका केटाहरूको जस्तै भएको छ । अहिले यसले सबै तहमा आफ्नो रङ देखाएको छ । ३० वर्षे लाठे संसद र १५ वर्षे जुँगाका रेखी बसेको गणतन्त्र परीक्षाको कठिन कठघरामा छ । ओलीले भर्खर नटबोल्ट कस्दै गरेको गणतन्त्रको झोलुंगे पुलमा बसेर ताण्डव नृत्य देखाएका छन् । यसैमा सवार तिनैका […]

‘संसद विघटन गणतन्त्र, संविधान र जनताका अधिकारका विरुद्ध’

राष्ट्रिय जनमोर्चाले संसद विघटनको कार्य गणतन्त्र, संविधान र जनताका अधिकारका विरुद्ध रहेको उल्लेख गरेको छ । सो पार्टीले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता भएको समेत बताएको छ ।   सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा शनिबार बसेको बैठकले  ओलीको कदमका विरुद्ध राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढाउन जोड समेत दिएको छ ।  ‘ओलीलाई संसदले पहिले पनि विश्वासको मत दिएको थिएन । अर्थात् प्रधानमन्त्रीका लागि ओली एकचोटी संसदबाट अस्वीकृत भएका थिए भने अर्को...

प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना पहिलो सर्त : नेपाली

दिनेस रैदास, दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारले गरेको असंवैधानिक र प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया समितिले आइतबार दाङको जङ्ग्रहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष तथा पूर्व सभासद नेपालीले नेकपा नेतृत्वको ओली सरकारले गरेको संसद् विघटनको कदम प्रतिगामी र असंवैधानिक भएकोले विघटित संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबै गणतन्त्रवादी एकजुट भएर संयुक्त संघर्षमा आउन आह्वान गर्नुभयो । उहाँले राजपुर गाउँपालिका दाङको धेरै भूगोल ओगटेको प्राकृतिक रुपमा साधनस्रोत सम्पन्न र उर्वरा भूमि भएको हुँदा हुँदै पछिल्लो समयमा जिम्मेवार निकाय र व्यक्तिहरूबाट चुरे विनाश हुनु राप्ती नदी वरदानको रुपमा भएता पनि सिँचाइ सुविधा नहुँदा किसानहरुले समयमा खेती गर्न नपाउनु दुर्भाग्य भएको बताउनुभयो । त्यसकालागि स्थानीय गाउँपालिका प्रदेश तथा संघीय सरकारले साविक गोबरडिहा र गंगापरस्पुरको सिमानामा मुहान बनाई राप्ती नदीमा सिंचाई नहर योजना अगाडि बढाउन यस क्षेत्रका किसानहरु प्रतिवद्ध हुन पर्ने राप्ती नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन हुनुपर्ने, सीमा नाका र चुरे क्षेत्रमा दशककोदेखि बसोबास गर्दै आएका भूमिहीन स्थानीय बासिन्दाहरुलाई व्यवस्थित बसोबास गराई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नु भयो । अखिल नेपाल युवा संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले संसद विघटन पछाडि देशका प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमका विरुद्धमा एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रम राजमोका जिल्ला उपाध्यक्ष महेश रिजाल र अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, राजमो एरिया कमिटिका सदस्य लक्ष्मीप्रसाद बुढा, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य सीमा रोका लगायतले सम्बोधन गर्नुभएको थियो। ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न विरोध सभाको अध्यक्षता राजमो राजपुर एरिया समितिको कोषाध्यक्ष राम फकिरे रैदासले गर्नुभएको थियो । एरिया सदस्य राजकुमार विश्वकर्मा (कमल) को स्वागत तथा समितिका सहसचिव मनकुमार राणाले ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, ...

संसद विघटन र प्रतिगमनको खतरा

मोहनविक्रम सिंह ।। अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई नेकपा (मसाल) का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खाली असंवैधानिक तरिकाले संसदको विघटन मात्र भएको छैन । त्यो कदमबाट गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र संविधानमा समेत गम्भीर आघात पुग्ने सम्भावना देखापरेको छ । त्यसबाट देशभित्रका राजावादी र विदेशी साम्राज्यवादी शक्तिलाई फाइदा पुग्ने छ । उनीहरुले ओलीको कदमबाट देशमा उत्पन्न भएको राजनीतिक अस्थिरतालाई आफ्ना प्रतिगामी वा साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्न चाहन्छन् । त्यसैले ओली सरकारद्वारा संसदको विघटनलाई हल्का रुपमा नलिएर गम्भीर रुपमा लिनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । २. नेपालमा पहिले पनि संसदको विघटन गर्ने कार्य हुने गरेका थिए । तर पहिले राजा वा जनताद्वारा निर्वाचित प्रधानमन्त्रीले संसदको विघटन गर्दा कमसेकम त्यो बेलाका संविधानका धारामाथि टेकेर नै संसदको विघटन गरेका थिए । त्यसका विपरीत अहिले ओली सरकारले संसदको विघटन गर्दा संविधानका कुनै धाराका आधारमा होइन, स्वेच्छाचारी प्रकारले नै त्यसको विघटन गरेको छ । सर्वोच्चले सोधेर पठाएका प्रश्नको स्पष्टिकरणमा पनि उनले आफ्नो सङ्गठनभित्र उनका विरुद्ध घेराबन्दी गरिएको वा उनलाई काम गर्न नदिएकोले नै संसदको विघटन गरेको बताएका छन् । उनको त्यस प्रकारको जवाफले सर्वप्रथमतः उनको कदमका पछाडि कुनै संवैधानिक आधार नभएको कुरालाई नै बताउँछ । त्यसका साथै उनले दिएको जवाफले उनको कार्य असंवैधानिक भएको कुरालाई पनि बताउँछ । आफ्नो सङ्गठनभित्रको अन्तरकलहका कारणले संसदको विघटन गर्ने कार्यलाई कुनै पनि अवस्थामा तर्कसङ्गत भन्न सकिन्न । त्यो कुरा संविधान, कानुन वा राजनीतिको सामान्य ज्ञान भएको मान्छेलाई पनि थाहा भएको कुरा हो । ३. ओलीको आफ्नो सङ्गठनभित्रको कार्यविधि वा संसदको विघटन समेतमाथि विचार गर्दा उनको चरित्र व्यक्तिवादी र स्वेच्छाचारी भएको कुरामा कुनै शङ्का रहन्न । प्रथमतः कुनै पनि पार्टीको अध्यक्ष, प्रधानमन्त्री, सांसद वा पदाधिकारी जे भएपनि उसले आफ्नो ...

पद र सत्ता स्वार्थका कारण संसद विघटनः चित्रबहादुर

श्यामलाल पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको बताउनुभएको छ। उहाँले भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको दावी गर्नुभयो । नेता केसीले अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरित रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गर्नुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो । ओली र प्रचण्डको स्वार्थ पुरा नहुँदा देश दुर्घटनातर्फ उन्मुख भएको समेत आरोप लगाउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताउनुभयो । सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छिटो समयमा नै नेकपामा विवाद आएको हो भन्नुभयो । उहाँले सर्वोच्च अदालत समेत निष्पक्ष हुन नसक्नु दुखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले संविधान बनाउंदा नीतिगत बदमासी भएकाले ति बदमासीका कारण अहिले देशले सुमस्या भोग्नु परेको तर्क गर्नुभयो । हाल सम्मका उपलव्धीहरुको रक्षागर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरेहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको भन्दै व्यङे गर्नुभयो । बामपन्थी नेता सुरेश थापाले अहिलेको संविधान, व्यवस्था र सरकारले जनताको पक्षमा कामगर्न नसक्ने बताउनुभयो । जनतका माग पुरा गर्नका लागि जनवादी गणतन्त्र व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि अहिलेको प्रगतिशील संविधानलाई टेकेर जनवादी क्रान्तिको बाटोबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । बामपन्थी बुद्धिजिवी दुर्गानाथ खरेलले प्रधानमन्त्री ओलीको संसद विघटन अधिकायकवादी कदम भएको उल्लेख गर्र्दै ओलीको कदमले देशमा अधिनायकबादी व्यवस्था आउन सक्ने भएकाले जनतलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहांले कांगे्रस पुरानो कम्ँयुनिष्ट बिरोधी शक्ति भएकाले कांगे्रसका ...

गणतन्त्र र राष्ट्रियता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता आवश्यक : सिंह

जनकराज पौडेल, दक्षिण भारत । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले संसद पुनर्स्थापनाका लागि राष्ट्रिय जनमोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न आयोजनामा गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले २०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरुबीचको एकतामा जोड दिनुभएको हो । महामन्त्री सिंहले ओली सरकारको पछिल्लो संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिगमन उन्मूख सो कदमलाई रोक्न र गणतन्त्र, राष्ट्रियता तथा धर्म निपेक्षताको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु बीच सहकार्य गर्दै आन्दोलन गर्नु पर्नेमा जोड दिनु भएको थियो । सिंहले क्रान्तीकारि कोणबाट पनि रणनिति र कार्यनीति कार्यक्रम निश्चित गर्न असफल कतिपय वामपन्थी शक्तिहरुबाट समेत गणतन्त्र र संविधानप्रति प्रहार हुने गरेको भन्दै त्यस प्रकारका सोचाइले अन्ततः प्रतिगमनलाई नै सहयोग पुग्ने स्पष्ट पार्नु भयो । ‘अहिलेको गणतन्त्र वुर्जुवा प्रकारको गणतन्त्र हो । यसले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन’ सिंहले भन्नुभयो, ‘यद्यपि विभिन्न जनआन्दोलन र शहिदहरुका बलिदान त्यागले प्राप्त अधिकारहरु गुम्ने अवस्थामा यसको रक्षा गर्दै अघि बढ्नुपर्छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले नेपालका सत्तासिन पार्टीहरुलाई विदेशीले आफ्नो स्वार्थपुर्ति गर्न प्रयोग गर्दै आएको उल्लेख गर्दै संसद विघटनको घटनामासमेत विदेशी शक्तिहरुको हात रहेको स्पष्ट पार्नुभयो । उहाँले नेताहरुका सम्झौतापरस्त प्रवृतिका कारण देश सधैँ राजनीतिक अस्थिरतामा फस्दै आएको बताउनुभयो । वामपन्थी नेता आनन्द शर्माले कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा (मसाल) ले विगतदेखि नै गणतन्त्र, धर्मनिपेक्षता जोखिममा रहेको भन्ने विश्लेषण सहि रहेको र घटनाक्रमले मसालको विश्लेषण पुष्टी गरेको बताउनुभयो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, सल्लाहकार तथा नेपाली एकता पत्रिकाका सहसम्पादक धरवीर पुन, सचिव प्रेम पौडेल, सदस्य भगवति कुवँर, मदन शर्मा, चोवनाथ शर्मा, मदन भण्डारी, मोहराज चालिसे, सल्लाकार तथा दक्षिण भारत पेशेवर नेता केवि थापाको आतिथ्यता रहेको थियो । महेन्द्र बस्यालको अध्यक्षता, जनकराज पौडेको ...

प्रधानमन्त्रीको स्वेच्छाचारीताले गणतन्त्र खतरामा पर्यो : मोहनविक्रम सिंह

राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि कुठाराघात गरेको बताएका छन् । बुधबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले विभिन्न राजनीतिक दलसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संसद बिघटनको असर संविधान, गणतन्त्र धर्मनिरपेक्षेता, राष्ट्रका धेरै निकायमा पर्ने र त्यसबाट दुस्परिणाम सिर्जना हुने उल्लेख गर्दै यसलाई गंभीर रुपमा लिनुपर्ने बताए । कुनैपनि पार्टीमा मतभेद अन्तरबिरोध भएपनि त्यसलाई पार्टीभित्रै समा

संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोधसभा (फोटो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोधसभा सम्पन्न गरेका छन् । ‘ओली सरकारको संसद विघटन गर्ने प्रतिगमनउन्मुख फासीवादी कदमका विरुद्ध सङ्घर्ष गरौँ !’ मूल नाराका साथ २०७७ पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले ओली सरकारद्वारा संसद विघटन गर्ने कार्यलाई २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गर्ने प्रयासको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धि रहेको बताउँदै उहाँले त्यसको रक्षाका अहिले सडक आन्दोलन नै उपयुक्त विकल्प भएको उहाँको ठहर थियो । प्रवक्ता पुरीले भन्नुभयो– ‘जनान्दोलन सशक्त बनाउन नसके महान् जनान्दोलनको उपलब्धि गुम्ने र राजनीतिक अस्थिरता कायम हुने छ ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक कलहका पछाडि सत्तास्वार्थ प्रमुख रहेको उहाँको भनाइ थियो । ‘आन्तरिक रूपमा सत्तास्वार्थ नमिल्दा जनतालाई अप्ठ्यारोमा पारियो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको विरोधमा सत्तारूढ दलभित्रैबाट चर्को विरोध थियो, तर अहिले त्यो मुद्दा सडकमा खै ?’ उहाँले अहिले सत्तास्वार्थको कारण एमसिसी, सीमा अतिक्रमणलगायतका राष्ट्रियताका मुद्दा गुम्दै गइरहेको बताउनुभयो । केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् विघटन मात्रै होइन, सङ्कटकालसम्म विस्तार पाउन सक्ने उहाँको आशङ्का थियो । ‘संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री ओलीले सङ्कटकाल पनि लगाउन सक्छन्’ उहाँले भन्नुभयो– ‘त्यो खतराको विरुद्ध पनि यो आन्दोलन सचेत हुनुपर्दछ ।’ कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिले देशमा सडकको राजनीतिक तापक्रम बढ्दै गइरहेको बताउनुभयो । ‘हामीले चिसो सडकमा केपी सरकार गलत नीतिका विरुद्ध सडक आन्दोलन सुरु गरेका थियौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले त संविधान बनेपछि आन्दोलनको युग सिद्धियो भन्ने प्रचण्ड–माधवहरू नै आन्दोलनमा छन् ।’ आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँदै उहाँले २३ दल आन्दोलनमा डटिरहने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सत्तारूढ नेकपाको पोल खोलाखोल गरेकोमा दुवै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले ब्यङ्ग्यात्मक रूपमा भन्नुभयो– ‘हामीलाई हाइसञ्चो छ । हामीले गर्नुपर्ने काम केपी र प्रचण्डले आपसमै गरिरहेका छन् ।’ ‘२०६२–६३ सालको जनान्दोलनअघि गणतन्त्रलाई आन्दोलनको नारा बनाउने निर्णय ...