राष्ट्रिय जनमोर्चाले संसद विघटनको कार्य गणतन्त्र, संविधान र जनताका अधिकारका विरुद्ध रहेको उल्लेख गरेको छ । सो पार्टीले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता भएको समेत बताएको छ ।
सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा शनिबार बसेको बैठकले ओलीको कदमका विरुद्ध राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढाउन जोड समेत दिएको छ ।
‘ओलीलाई संसदले पहिले पनि विश्वासको मत दिएको थिएन । अर्थात् प्रधानमन्त्रीका लागि ओली एकचोटी संसदबाट अस्वीकृत भएका थिए भने अर्को...