राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि कुठाराघात गरेको बताएका छन् । बुधबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले विभिन्न राजनीतिक दलसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संसद बिघटनको असर संविधान, गणतन्त्र धर्मनिरपेक्षेता, राष्ट्रका धेरै निकायमा पर्ने र त्यसबाट दुस्परिणाम सिर्जना हुने उल्लेख गर्दै यसलाई गंभीर रुपमा लिनुपर्ने बताए । कुनैपनि पार्टीमा मतभेद अन्तरबिरोध भएपनि त्यसलाई पार्टीभित्रै समा