श्रीलङ्काले स्थानीय निकायको चुनावका लागि नयाँ मिति तोक्याे

श्रीलङ्कामा स्थानीय निकायको चुनावको नयाँ मिति घोषणा भएको छ । यसअघि मार्च ९ अर्थात् भोलि बिहीवारका लागि तोकिएको स्थानीय निकायको चुनाव सरकारले चुनाव खर्चका लागि रकम अपुग रहेको भन्दै स्थगित गरेको थियो । यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पटक पटक स्थगित हुँदै आएको छ । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ मा चुनाव गराउन मिति तोकेको भए पनि सरकारले भने प्रतिक्रिया दिइसकेको छैन । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन् । प्रश्नपत्र छपाउन कागज किन्ने...

सम्बन्धित सामग्री

मनोनयनको मिति सार्न दलहरुको आग्रह

काठमाडौँ – दलहरुले आइतबार हुने मनोयनको मिति सारिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। दुईवटा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेका दलहरु सिट बाँडफाँड गर्न मुुस्किल परेपछि मनोनयनको मिति नै केही दिन सारिदिन आग्रह गरेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आयोगले आइतबार (असोज २३)का लागि मनोनयनकोे मिति तय गरेको छ। […]

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ता आजदेखि

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ । सरकारले मङ्सिर ४ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिनुभयो । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा...

मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो। उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए। ‘चुनावका बारेमा छलफल भएको…

सङ्घ र प्रदेशको चुनावको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

मकवानपुर – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घ र प्रदेश सभाको चुनावको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ ।  नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज शुक्रवार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम चुनावका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकार चुनावको तयारीमा जुटिरहेको छ । चुनावलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई सुदृढ बनाउ...

चुनावका लागि स्राेतकाे व्यवस्थापन भइसकेकाे छ : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन मन्त्रालयले गरिसकेको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको उहाँले बताउनुभएको छ ।  आज सोमवार गृह जिल्ला रुकुम पश्चिमको सल्ले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सबै दल चुनाव केन्द्रित प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार चयनमा लागिपरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन...

स्थानीय निर्वाचन : सरकारले कसरी जुटाउँदैछ चुनावका लागि करीब १२ अर्ब बजेट ?

चुनावको मिति घोषणा भएसँगै अर्थ मन्त्रालयसामु खर्च व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ । सरकारले ३० वैशाख २०७९ मा चुनाव गर्ने घोषणा गरेपछि आवश्यक स्रोत जुटाउनुपर्ने भएको हो ।  यता अर्थमन्त्रालयले चुनावका लागि खर्च जुटाउन खासै समस्या नरहेको जनाएको छ । मिति घोषणा भइसकेको अवस्थामा अब सम्बन्धित सबै निकायबाट खर्च प्रस्ताव माग हुन्छ । त्यसपछि अनुमानित लागत तय गरेर आन्तरिक स्रोतबाटै चुनाव खर्चको व्यवस्थापन हुने अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले लोकान्तरसँग बताए । चुनाव गर्न करीब १५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुम...

चुनावका सबै कार्यक्रम रद्द

काठमाडौँ – निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै घोषित चुनावको सबै कार्यक्रम आयोगले रद्द गरेको हो। केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेका थिए। उक्त मितिमा चुनाव गराउन आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको […]