सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताउनुभयो।