लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकार रक्षा र आम नागरिकलाई त्यसको प्रत्याभूति गराउन प्रदेश सरकार निरन्तर लागिरहेको बताएका छन् । जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधैँ जिम्मेवार रहेको उनले प्रस्ट पारे ।राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा बिहीबार आयोजना गरेको विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसको असर समाधान गर्न राज्य नै लाग्नुपर्ने बताए ।कार्यक्रममा मानव अधिकार आयोगका सचिव