काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई रातको समयमा मात्रै गर्न निर्देशन दिएको छ ।
सार्वजनिक निकायले महानगरभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण, मर्मत लगायतका काम सकेसम्म राति ८ बजेपछि मात्रै गर्ने/गराउने व्यवस्था मिलाउन महानगरपालिकाले निर्देशन दिएको हो ।
महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।
यस्तै, निर्माणस्थलमा घेराबार नलगाइ वा सङ्केत नराखि यत्रतत्र राखिएक...