बालबालिकाको स्वास्थ्य र पोषणका लागि भन्दै रुपन्देहीको मायादेवी गाउँपालिकाले विद्यालयमा खाने खाजाको साझा मेनु तयार गरेर कार्यान्वयन गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्मका बालबालिकाका लागि दिवा खाजाको साझा मेनु तयार गरी खुवाउन थालेको हो ।