लुम्बिनीमा तीन दिनसम्म दानपेटिकाको रकम गनिँदै

 रुपन्देहीको लुम्बिनीमा दानपेटिकाको भेटी रकम गन्ने काम शुरु गरिएको छ । लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दान पेटिका खोलिएको हो । आर्थिक वर्ष ०७९/८० शुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खोलिएको हो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीन दिनसम्म चल्ने विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आफूले कोषाध्यक्ष पद समालेदेखि द