नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्व मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने बताइन । संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै ओली सरले २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाँक्रीले जिकिर गरिन् । ‘चुनाव आज घोषणा हुन सक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुन सक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै झाँक्रीले भनिन्, &lsquo