सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
मङ्गलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै न्यायाधीश श्रेष्ठले अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गर्नुभएको छ।