सामवेद अन्तरगत पर्ने छान्दज्ञोपनिषद्मा एउटा कथा छ । परापूर्वकालमा जावाला नामकी एक गरीब महिला थिइन् । गाउँको छेउमा एउटा झुपडी बनाएर बस्दै आएकी जावालाको जवानीमा मजबुरीको फाइदा उठाएर सौन्दर्य लुट्ने सयौँ भए पनि वृद्धावस्थामा साथ दिने कोही थिएनन् । त्यसैले बुढेसकालमा जन्मेको छोरा सत्यकामको मुख हेरेर जीवन व्यतीत गर्दै आएकी थिइन् ।‘आमा ! मेरो गोत्र के हो ? एक दिन बालक सत्यकामले आमा जावालसँग भने–‘पढ्न जाने विचार गरेको छु । यतातिर गुरुकुल छैनन् । निकै टाढा जानुपर्छ, जहाँ मलाई चिन्ने को