काठमाडौं (अस) । ललितपुरको सातदोबाटोमा विश्वस्तरीय सहरी बसोबास ‘अर्बन स्पेस’ को उद्घाटन गरिएको छ । मिस नेपाल २०१८ उपाधि विजेता शृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक विपिन गैरेले संयुक्त रूपमा आयोजना उद्घाटन गरे ।
नेपालमा हाउजिङको नयाँ अवधारणा प्रस्तुत गरिएको अर्बन स्पेसका संस्थापक गैरेले बताए । उनले भने, ‘यो एक रिभोलुसनरी आइडिया हो, जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित छ । परियोजना नेपालमा नौलो सुरुआत हो । हाल यो प्रोजेक्ट काठमाडौं उपत्यकाबाट सुरु गरिने र परियोजना नेपालभर नै विस्तार गर्ने योजना छ’, गैरेले भने ।
आर्किटेक्ट इन्जिनियर तथा मिस नेपाल २०१८ उपाधि विजेता खतिवडाले अर्बन स्पेसको उद्देश्य स–साना घरको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर साझा खुला स्थान बनाउनु रहेको जानकारी दिइन् ।
अर्बन स्पेसले विशेषगरी सहरी क्षेत्रमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्ने हुँदा यो सहरी योजनाकारका लागि मात्र नभई दिगो विकास लक्ष्यमा विश्वास गर्नेहरूका लागि विश्वव्यापी अभियान भएको अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले जानकारी दिए ।