प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह उद्घाटन गर्नुभएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै बन्दरगाह उहाँले सञ्चालनमा ल्याउनुभएको हो । तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए । काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग …