नेपालमा सिन्डिकेट खडा गरी प्रति–कामदार ३० हजार ठगी गर्ने मलेसियाली कम्पनी बेस्टिनेटकाे सेटिङ

मलेसियाली कम्पनी बेस्टिनेटले नेपालमा स्वास्थ्य व्यवसायी महासंघमार्फत त्यहाँ रोजगारीमा जाने कामदारलाई स्वास्थ्य र बायोमेट्रिकका नाममा सिन्डिकेट सञ्चालन गर्दै ठगिरहेको छ ।

सम्बन्धित सामग्री

ग्रीस पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

प्रहरीले ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पठाउने भन्दै आठ लाख ठगी गर्ने पक्राउ

प्रहरीले पोर्चुगल पठाउने भन्दै आठ लाख ३० हजार रुपियाँ रकम ठगी गर्ने २६ वर्षीय समीरकुमार कर्णलाई पक्राउ गरेको छ।

अनलाईन मार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिकाकी कमला मिश्र रहेकी छन् । ३४ वर्षीय मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिबाट तीन लाख ३० हजार ठगेको उजुरी प्रहरीमा परेको छ । विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर उनले […]

वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीमा युराेपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो । माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए । उनलाई हिजो काठमाण्डौको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक र...

स्लोभाकिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ

स्लोभाकिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोटका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई प्रहरीले पक्राउ गरेको छ ।      ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठम

स्लोभाकिया पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुसी बस्ने गुल्मी धुरकोट गाउँपालिका-६ स्थायी घर भएका ३२ वर्षीय इन्द्र बहादुर पछाई रहेका छन्।उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। उनले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु, मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जनालाई पीडित बना

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिंक, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चारओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गरेको पाइएका ६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।      जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।     एच आर ट्रेड लिंकलाई चामलका ८० बोरा नापजाँचका क्रममा औसत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।       यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरीवाना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवानाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चारओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सबेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए । कार्यालयका प्रमुख मनीषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीका लागि मुद्दा दायर गरिएको बताए । कार्यालयले चालू आर्थिक वर्षको भदौ असोजमा जरीवानाबाट ४४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

कात्तिक २८,  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ओटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।            कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार ओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।            जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।            एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवनाको माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।            यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र  १० हजार रुपैयाँ जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए ।        यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।            उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चार ओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए।            कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए । उक्त कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महीनामा जरिवानाबाट ४४ लाख २२ हजार १८३ रुपैयाँ राजस्वसमेत संकलन गरेको छ ।

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भइ हाल नागर्जुन बस्ने ३१ वर्षीय सिद्धराज थामी रहेका छन् । थामीले स्युचाटार बस्ने कल्पना गौतमलाई आफू महानगरीय प्रहरी परिसर काठमाडौँको सिभिल शाखाको सई गोपाल लामा हुँ, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिदिन्छु भन्दै ३० हजार रुपैयाँ नगद लिएर फरार भएका थिए । प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा थामीलाई भदौ १ गते कालिमाटीबाट नियन्त्रणमा लिएर थप अनुसन

पुरस्कार परेको भन्दै ठगी गर्ने युवक पक्राउ

४ चैत, सप्तरी । ‘तपाईंले रु २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसको करबापतको रु. ३० हजार पठाइदिनुस्’ भन्दै ठगी गर्ने सप्तरीका एक व्यक्ति पक्राउ परेका छन् । राजविराज–१२ का १९ वर्षीय महेशकुमार मण्डललाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पुरस्कार पाउने व्यक्तिले पठाएको रु. ३० हजार राजविराजको जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाबाट …