खोटाङ : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार खोटाङ आउँदै छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउन लागेका हुन्। प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने छन्।मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो। स