सक्रिय भए वन कर्मचारी

चुरे तथा भावर क्षेत्रमा रहेको वनजङ्गलबाट काठ चोरी तस्करी वृद्धि भएको जनगुनासो बढेपछि धनुषाका वन कर्मचारीले निगरानी बढाएका छन्। वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा तीनवटा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएका हुन्। डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली खटिएको बताउनुभयो। यस क्रममा एक साताभित्र १३० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरिएको जानकारी उहाँले दिनुभयो । गस्ती तथा सुराकीका आधारमा जि

सम्बन्धित सामग्री

सुन्दरी र मोतीखोला वन क्षेत्र पुनः हराभरा

धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित सुन्दरी र मोतीखोला सामुदायिक वन क्षेत्र पुनः हराभरा भएका छन् । वन कर्मचारी र वन उपभोक्ता समूहका पदाधिकारी वन संरक्षणमा सक्रिय भएपछि ती वन पुनः हराभरा भएका हुन् । विगत १८ वर्षदेखि वन उपभोक्ता समिति निष्क्रिय हुँदा वन क्षेत्रको जग्गा अतिक्रमण र काठ चोरी तस्करी बढेर वन क्षेत्र उजाड जस्तै बनेको थियो । एक वर्षअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन र खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा मोतीखोला सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिका पदाधिकारी र वन कर्मचारी मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर वन क्षेत्र पुनः हराभरा बनाएका छन् ।

डमरुसहित बाघ देखिएपछि वन कर्मचारी सक्रिय

महेन्द्रनगर : कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा २ वटा डमरुसहित बाघ देखिन थालेपछि मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन्। एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयले डमरुसहित बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको हो।‘यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन,’ कुण्डा सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिन