विराटनगर विमानस्थल पीडित संघर्ष समितिले दुई वर्षअघि रोक्का गरिएको आफुहरुको जमिनको अहिलेसम्म पनि मुआब्जा नपाएको र जग्गा फुकुवा पनि नभएको भन्दै सात दिनभित्र आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।समितिले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले रोक्का राखेको १२६ दशमलव ४६ विगा जग्गाको १४०० कित्ताको मुआब्जा नदिएकाले २०७९ जेठ ३० गते विहान ११ बजे विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा सात दिने अल्टिमेटम सहितको मागपत्र बुझाउने तयारी गरेको छ ।‘सात दिन भित