सूर्यज्योति लाइफले प्रस्ताव गर्‍यो ३५ प्रतिशत लाभांश

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश छ । प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनसमार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । 

सम्बन्धित सामग्री

फवार्ड माइक्रोफाइनान्सले कति दिँदैछ शेयर लगानीकर्तालाई लाभांश

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी सो परिमाणको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

नेपाल ल्युबले ३५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौँ– नेपाल ल्युब आयल लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्धि गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। कम्पनीले साधारणसभामार्फत शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभामा अध्यक्ष अरुणकुमार चौधरीले भने, ‘नेपाल […]

नेपाल ल्युब आयलको ३५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको ३०औँ वार्षिक साधारणसभाले ३५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले ३० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभामा अध्यक्ष अरुणकुमार चौधरीले कम्पनीले कोभिड–१९ महामारीका बाबजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको बताए । नेपाल ल्युब आयलले...

नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने

नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाबाट कम्पनीले उच्च लाभांश पारित गरेको छ । कम्पनीले शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुका उपस्थिति रहेको थियो । स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यम बाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्व...

नेपाल ल्युब आयलले ३५ प्रतिशत लाभांश दिने

नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागिसमेत ५ प्रतिशत नगद लाभांश गरेर कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत लाभांश दिने

सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुले गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकको प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेको दुवै म्युचुअल फण्ड गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/०७८ को लागि इकाइधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ […]

साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश साधारणसभाबाट पारित

साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सधारणसभाबाट पारित भएको छ । कम्पनीको ५३औँ वार्षिक