दीपशिखाले कोरियाबाट भने :  मलाई नेपाल फर्कन नदिएको सत्य हो, नजरबन्द वा गिरफ्तारी केही पनि होईन

काठमाडौं, २ असोज । दक्षिण कोरियामा पार्टीको कार्यक्रममा भाग लिन पुगेका माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटाले आफू कोरियामा नजरबन्द वा गिरफ्तारीमा परेको भन्ने कुरा सत्य नभएको स्पष्टा परेका छन् । उनले कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले विगत एक वर्षदेखि सेवन गरिरहेको औषधी मगाएको कारण आफूले कोरिया जाँदा लगेको तर उक्त औषधीको प्रिस्क्रिप्सन भने […]

सम्बन्धित सामग्री

सिरोहियाको गिरफ्तारी स्वेच्छाचारी शासनको पराकाष्ठा : प्रेस मञ्च नेपाल

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर पब्लिकेशन्स्को कार्यालयबाट गिरफ्तार गरिएको घटनालाई प्रेस मञ्च नेपालले स्वेच्छाचारी शासनको पराकाष्ठा भएको बताएको छ ।

झाँक्रीले तताएको दिनः गिरफ्तारी, प्रदर्शन र रिहाइ, हेर्नुस् तस्विरमा

काठमाडौं: गोरखामा करिब दुई साताअघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार बिहान नियन्त्रणमा लियो। उनलाई राज्यविरुद्धको कसुरमा  अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो। सादा पोसाकका प्रहरी शंखमुलस्थित उनको घर पुगेसँगै माहोल तातेको थियो। त्यसअघि बिहानै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले…

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड नेपाल समूहको माग

काठमाडौं । प्रहरीले राज्य विरुद्धको कसुर गरेको अरोपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारीलाई शंखमुलस्थित निवास बाटै पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी जारी गरेको छ । महानगरीय अपराध महाशाखाले जारी गरेको जरुरी पक्राउ पुर्जिमा लेखिएको छ, ‘राज्य विरुद्धका कसूर अन्र्तगत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले यो पुर्जि जारी गरिएको छ ।’ मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ । यसको दफा १ मा लेखिएको कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन । भन्ने उल्लेख छ । यस्तो कसूरमा कसूरदारलाई ७ बर्ष कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विहिबार बिहानै सादा पोसाकका प्रहरी झाँक्रीलाई पक्राउ गर्न शंखमुलस्थित निवास पुगेपनि झाँक्रीले पक्राउ पूर्जीबिना आफुले गिरफ्तारी नदिने बताउनुभएको थियो । निवासमा पुगेका सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले सरकारविरुद्ध आफुहरु सडक आन्दोलनमा रहेकाले सरकारले नियम अनुसार पक्राउ गर्न सक्ने तर आफ्ना अभिव्यक्तिहरु राजनीतिक विषय भएको दाबी गर्नुभएको थियो । सादा पोसाकका प्रहरी निवास पुगेसंगै पुगेका उहाँका समर्थकले झाँक्रीको समर्थन तथा सरकार विरुद्ध नाराबाजी गरेका थिए । तत्काल रिहा गर्न प्रचण्ड नेपाल समूहको माग नेत्री झाँक्रीलाई तत्काल रिहा गर्न नेकपा प्रचण्ड नेपाल पक्षले माग गरेको छ । पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गर्नुभएको हो । ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि ...

नेतृ झाँक्रीले गिरफ्तारी दिने, प्रहरीले थमायो पक्राउ पूर्जी

नेकपा प्रचण्ड-नेपाल समूहकी  नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी थमाएको छ ।

कानुनको पालना गर्ने नागरिक हुँ, गिरफ्तारी दिन्छु : झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूले सार्वजनिक रुपमा राखेका अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ लागेको बताएकी छन् । उनले आफू कानुन मान्ने इमान्दार नागरिक भएकाले गिरफ्तारी दिने बताएकी छिन । सम्बोधनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर गएको छ ।

मैले बनाएको सरकारले नै मलाई गिरफ्तार गर्‍यो : रामकुमारी झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले आफू संसदीय दलको सदस्य भएको र सरकार बनाएको पार्टीको सरकारले नै आफूलाई गिरफ्तार गरेको टिप्पणी गरेकी छन् । प्रहरीले पक्राउ पूर्जी थमाएपछि घरबाटै गिरफ्तारी दिनुअघि समर्थकहरूलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले भनिन्, ‘जुन पार्टीमा म आवद्ध थिएँ, जुन पार्टी संसदीय दलको म सदस्य थिएँ, त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमले गर्दा संविधानमाथि बलात आक्रमण भएको छ ।’ कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेको भए पनि फेरि लड्नुपर्...

रामकुमारी झाँक्री गिरफ्तारी दिन तयार, पक्राउअघि समर्थकलाई सम्बोधन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री गिरफ्तारी दिन तयार भएकी छन् । राज्यविरुद्धको कसूरअन्तर्गत पक्राउका लागि भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्री गिरफ्तारी दिन तयार भएकी हुन् । उनले गिरफ्तारी दिनुअघि समर्थकलाई संक्षिप्त सम्बोधन समेत गर्दैछिन् । नेपाल प्रहरीको अपराध महाशाखाका डीएसपी सुधीर शाहीले शंखमुलस्थित झाँक्रीको निवासमै पुगेर पक्राउ पूर्जी थमाएका थिए । डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर रहेको पक्राउ पूर्जीमा– झाँक्रीलाई राज्य विरुद्धको कसूरमा दफा ५८ अनुसार अनुसन्धान गर्ने गरी पक्राउ गर्न लागिए...

प्रकाण्डको गिरफ्तारी र वाम रमिता !

देश र जनताका लागि भन्दै विसं २००६ सालमा आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा स्व. पुष्पलाल श्रेष्ठले देखेका सपना र गरेका संघर्ष एवं त्यसको परिणाम के भइरहेको छ भन्ने तथ्य आम जनमानसमा दिनको घामजत्तिकै छर्लंग छ । तर, नेपाली धर्तीमा सोही नाममा खुलेका अहिलेका एशियाकै ठूलोदेखि कोठे र क्लव स्तरका …

‘एउटा बालकृष्णलाई रिहाई नगरिए हजारौं बालकृष्णहरु जन्मिन सक्छन्’ - Naya Patrika

माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठनले बालकृष्ण ढुंगेलको गिरफ्तारी चुनाव नगराउने षड्यन्त्र भएको बताएको छ । संगठनले वाम गठबन्धनको पक्षमा बनिरहेको माहोलबाट अत्तालिएर चुनाव भाँड्नका लागि ढुंगेलको गिरफ्तारी गरिएको...पूरा पढ्नुहोस् »