वि.सं. २०८० चैत ५ बजे राति साहित्यकार परशु प्रधानले धरतीबाट बिदा लिएपछि नेपाली आख्यानका एक धरोहर ढलेको अनुभव भयो । २००० साल माघ ३० गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेका उनी ८० वर्षका थिए । निरन्तर सम्पर्कमा रहन रुचाउने उनीसँग पछिल्ला केही महिना मेरो सम्पर्क थिएन। पछिल्लोपल्ट मेरो छोटो नेपाल बसाइमा कुनै सम्पर्क भएन। […]