हजुर ! मेरो लाशमा शब्दको अञ्जली नदिनु !
मरिहाले मलाई श्रद्धाञ्जली नदिनु !
धड्कन चलुञ्जेल, सास रहुञ्जेल
गुहार नपाएको मेरो चित्कार
कसैले नसुनेको मेरो आवाज
तिम्रो श्रद्धाञ्जलीले फेरि किन मार्छौ ?
मरेपछि गोहीका आँशु किन झार्छौ ?
भो, मेरो बेनाम लाशमा
कुनै ओठे शब्द या अञ्जली नदिनु !
कृपया ! मलाई श्रद्धाञ्जली नदिनु !
फोटो राखी बलौटे बन्दना पनि नदिनु...