काठमाडौं महानगरका २८ वटा खोपकेन्द्रमा भोलिदेखि जोन्सन एन्ड जोन्सन खोप लगाइँदै

काठमाडौं । साउन ४ गते (भोलि) देखि सञ्चालन हुने कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ का लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । यस विषयमा महानगरका जनप्रतिनिधिहरूले भने एउटा वडामा एउटा वडास्तरीय खोप केन्द्र हुनुपर्नेमा जोड दिएका छन् । भोलिदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका...

सम्बन्धित सामग्री

जोन्सन एन्ड जोन्सन खोप लगाएकाले पनि बुस्टर डाेज लगाउन मिल्ने

काठमाण्डाै - कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना निकालेर अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भइ जोन्सन एन्ड जोन्सनको खोप लगाएको ६ महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने जनाएको हो ।  मन्त्रालयले जोन्सनको खोप लगाएकाहरुलाई सकेसम्म यही खोप बुस्टर डोजमा लगाउन सुझाव दिएको छ । तर, यो खोप नपाएमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप पनि लगाउन सकिने मन्त्रालयले स्पष्ट पारेको छ ।

जोन्सन एन्ड जोन्सन खोप आज आउँदै

काठमाडौँ, २ पुस: नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराएको हो । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल […]

भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सि गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउन लागेको जानकारी दिए।

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगाइने जानकारी गराए ।उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै […]

दुई लाख ११ हजार बढीले लगाए जोन्सन एन्ड जोन्सनको खोप

काठमाडौँ । अमेरिकाबाट आएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप हालसम्म दुई लाख ११ हजार १ सय ७८ जनाले लगाएका छन् । कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप गण्डकी, बाग्मती र दुई नम्बर प्रदेशमा लगाउन सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले जोन्सन जोन्सन […]

१८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप

काठमाडौं, साउन ७ । बुधबारबाट अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप भण्डारण गरेर राख्नुभन्दा आम नागरिकको पहुँचमा पु¥याउन निर्देशन दिएलगत्तै स्वास्थ्य मन्त्रालयले १८ वर्ष उमेर पुगेका नागरिकलाई बुधबारबाट जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरेको हो । यो खोप आज बिहीबारसम्म लगाउन सकिनेछ । […]

तीन दिनमा ८१ हजार ३५२ जनाले लगाए जोन्सन एन्ड जोन्सन खोप

अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप अहिले बागमती र गण्डकी प्रदेशमा मात्र दिइएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

१८ वर्ष माथिकालाई पनि  लगाइयो जोन्सन एन्ड जोन्सन खोप

साउन ६,  काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ ।             खोप अभियानमा काठमाडौं जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए ।             अहिले खोप लगाउनका लागि काठमाडौं जिल्लाका ४४ ओटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए।             प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । भोलिसम्म लगाइने खोप शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।             जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । रासस

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाण्डाैमा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाण्डाैमा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाण्डाैका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उहाँले खोप भोलि बिहीवारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताउनुभयो । उहाँले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम ल...

जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनेका खोपलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं : नेपाल सरकारले अमेरिकाको जोन्सन एन्ड जोन्सन र जापानबाट आउन लागेको कोरोना विरुद्धको अस्ट्राजेनेका खोप आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभागले असार १५ र १६ गते यी दुई खोप प्रयोग गर्न आपतकालीन अनुमति दिएको जनाएको हो।कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप ल्याएर हाल लगाउन थालिएको छ। जापानले सहयोगस्वरूप दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै आउने बताइएको छ।जापानबाट आउने अस्ट्