अष्ट्रेलियाको अफगानिस्तान बर्हिगमन मिसन टुंगिएको छ । अधिकारीहरुले काबुल विमानस्थल बाहिर आत्मघाती विष्फोट हुनुभन्दा अघि नै अष्ट्रेलियाको बर्हिगमन टुंगिएको बताएका छन् ।
अष्ट्रेलियाली रक्षा मन्त्री पिटर डट्टनले बिहीबार आत्मघाती आक्रमण हुँदा अष्ट्रेलियाली सेना पूर्णरुपमा फर्किसकेको बताउनुभएको छ । विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भने विष्फोटमा कुनै अष्ट्रेलियाली नागरिक वा अष्ट्रेलियाको भिसा लिएका ब्यक्ति घाइते भएको सम्बन्धमा यकीन भइनसकेको जनाएको छ ।