कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको सोमवार २८ दिन पुगेको छ । संसदीय व्यवस्थामा नयाँ सरकारलाई १०० दिनसम्म प्रतिपक्षी दलले पनि आलोचना गर्दैनन्, हनिमुन पिरियड भनेर ।
‘जनादेश’बाट नभई परमादेशबाट बनेको सरकार भनेर सदनमा प्रतिपक्षी दलले सरकारविरुद्ध कटाक्ष गरिरहेको छ । सदनमा एमाले र कांग्रेसका सांसदहरूको जुहारी महजोडीको प्रहसनभन्दा कम देखिँदैन ।
प्रधानमन्त्री नियुक्त भएको २८ दिनमा देउवाले जनतामा आशा जगाउने खालका कामको शुरुआत गर्न सकेका छैनन् । अर्थात्, सरकारले अझै आफ्नो गति लिन र लय पक्रि...