एमसीसी खारेजीको माग गर्दै २२ संगठनको प्रदर्शन (तस्बिरहरु)

एमसीसी खारेजीको माग गर्दै विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन् ।२२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।त्यसक्रममा उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयार

सम्बन्धित सामग्री

एमसीसी खारेजीको माग गर्दै भैरहवामा प्रदर्शन

१२ फागुन, बुटवल। अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले बिहीबार भैरहवामा प्रदर्शन र खबरदारी सभा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि प्रदर्शनसहित खबरदारीसभा गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोणसभालाई […]

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

एमसीसी खारेजीको माग गर्दै जनमुक्ति पार्टीको प्रदर्शन

१० फागुन, बुटवल । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको बुटवल र तिलोत्तमामा प्रदर्शन गरेको छ । बुटवलको राजमार्ग चौरहाबाट ट्राफिकचोकसम्म भएको प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिंदैन’, ‘कमिसनको लोभमा जबर्जस्ती लाद्न पाइंदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव मोजिब […]

एमसीसी र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै नेकपाको प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।

एमसीसी खारेज गर्न माग गर्दै भृकुटिमण्डपमा विरोध प्रदर्शन

काठमाडौँ, २१ असोज। अमेरिकी सहयोग एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, […]

महँगी नियन्त्रण, एमसीसी खारेजी लगायतका माग राख्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– महँगी नियन्त्रण र एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ। राप्रपाले बुधबार दिउँसो काठमाडौँको बबरमहलमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसीसी खारेज गर’ लगायतका नारा लगाएका थिए। साथै राप्रपाले एमसीसी खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीकाे वीरगञ्जमा प्रदर्शन

वीरगंज। आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगंजमा मोटरसाईकल रयाली सहित प्रदर्शन गरेका छन् । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित विपरीत रहेकोले फिर्ता गर्नुपर्ने माग गर्दै आज शनिवार नाराबाजीसहित आईटी आर्मीले मोटरसाईकल र्याली निकालेको हो । आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगंजमा युवाहरुले प्रदर्शन […] The post एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीकाे वीरगञ्जमा प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसी खारेजीको माग गर्दै जनमोर्चाद्वारा प्रदर्शन

२२ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन भएको छ । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी सामाजवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै जनमोर्चाले काठमाडौंको शान्ति बाटिकामा प्रदर्शन तथा खबरदारी सभा गरेको हो । विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश […]

‘एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन’

काठमाडौं, ३० साउन । एमसीसी खारेज अभियानले आजपनि प्रदर्शन गरेको छ । पछिल्लो समय अभियानले एमसीसीको विरोधमा काठमाडौंमा विरोध तथा प्रदर्शन गरिरहेको छ । आजपनि अभियानले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

एमसीसी र दार्चुला तुइन घटनाको विरोधमा प्रदर्शन

काठमाडौँ– अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलामा विराध प्रदर्शन भएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । मोर्चाले एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ […]