लागु औषध नाईट्राभेट ट्याब्लेटसहित २ जना पक्राउ : RajdhaniDaily.com
RajdhaniDaily.com | सर्लाही । सर्लाहीको लालबन्दीमा लागु औषध नाईट्राभेट ट्याब्लेट सहित दुइ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा हरिपुर नगरपालिका वडा नं. ७ चितायन बस्ने रामभक्त -
पेस्तोल र लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ६ रजवापुर बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।...
२७ असोज, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् । वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी […]
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।&n
दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वार्ड १४ निवासी २४ वर्षीय पूजन राज कँवर र घोराही १५ निवासी २२ वर्षीय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनु
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो । प्लाष्टिकको पोकामा लु
‘प्रहरी हौं’ भनेर पैसा मागेको र कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री छन् ।उनीहरुले नयनसरी राजवंशीको घरमा गएर ‘तपाइँको छोरा लागु औषध कारोबार गर्छ, छोरा जोगाउने भए २० हजार दिनुस्’ भनेर आफुहरुलाई प्रहरी भएको दाबी गरेका थिए । साउन ११ मा ११ हजार लिएर गएका उनीहरुले फेरि साउन १४ मा पैसा माग्न आएर विशाल राजवंशीलाई कुटपिट गरेका थिए । घटनाबारे उजुरी परेपछि इलाक
मकवानपुरको हेटौंडाबाट लागुऔषध नाइट्रोभेटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१० स्थित गण्डकी हाउस रेष्टुरेन्टबाट लागुऔषध नाईट्रोभेट १ हजार १ सय २५ ट्याब्लेटसहित मंगलवार २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर–१३ का १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको प्रहरी निरीक्षक दासले बताए ।विशेष सूचना आधारमा प्रहरी चौ
काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ छन् ।लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट २८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले उनीहरुबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अलि हुसेन छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाई छिपाई लागु औषध ल्याएका थिए । आरोपीहरु बिर