नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा गम्भीर ढंगले काम गर्न ध्यानाकर्षण गराएका छन् ।बानियाँले विज्ञप्ति प्रकाशित गर्दै प्रदेशका नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेका हुन् ।बढ्दो कोरोना संक्रमणका नियन्त्रणका लागि भन्दै सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेका कारण जनताहरु समस्यामा परेको र उक्त समस्या समाधानका लागि आवश्यक कदम चाल्न उनले प्रदेश सरकारसँग माग गरे ।प्रदेश सरकारसँग जनताले भोगि