पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवाससम्मको बाटो व्यवस्थित रहे पनि त्यसभन्दा माथि दक्षिण ललितपुरतर्फको सडकको अवस्था अस्तव्यस्त बनेको हो।...
ललितपुरको दुर्गम क्षेत्रलाई सहरसँग जोड्ने मार्ग हो, सुनाकोठी–चापागाउँ सडकखण्ड । यो सडक सातदोबाटोको चापागाउँ दोबाटोबाट सुरु हुन्छ । तर, रिङरोडसँग जोडिएको यो सडकको ‘मुख’ भने निकै साँघुरो छ । करिब ५० मिटर परबाट...
चापागाउँ – दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ । ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखि यातायातका साधन चल्न नसक्दा हजारौँ यात्री सास्ती खेप्न बाध्य छन् । एकै पटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् […]
काठमाण्डाै – ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज दोस्रो दिन पनि बन्द छ । सडक मर्मत नगरेको भन्दै स्थानीयबासिन्दाले हिजोदेखि सडक बन्द गरेका हुन् ।
ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीयबासिन्दाले सडक नै बन्द गरेर विरोध गरेका छन् । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो ।
एक वर्ष अगाडि यो सडक पीच भएको थियो । तर त्यस...
ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार बिहान पनि सवारी आवागमन प्रभावित भएको छ । ठेकेदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानीयले हिजो पनि सडक अवरुद्ध गरेका थिए । सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।
ललितपुर – ललितपुरको सुनाकोठीका स्थानीयवासीले सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द गरेका छन् । ठेकेदारले समयमा काम नगर्दा धुलोले हैरान बनाएको भन्दै स्थानीयवासीले सडक नै बन्द गरेर विरोध गरेका छन् ।
समयमै सडक बनाउन दबाब दिँदै उनीहरूले आज मङ्गलवार बिहान एक घण्टा धिमे बाजा बजाएर विेरोध जनाएका ललितपुर महानगरपालिका २७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिनुभयो । डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले लामो समयसम्म नबनाएको सुनाकोठीका बासिन्दाको गुनासो छ ...
काठमाडौँ । ललितपुरको सात दोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् । ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडक […]
सडकमा कालोपत्र गरिएकोे केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनर्निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो ।चापागाउँ सडकमा अहिले भइरहेको संरचनामध्ये ‘बेस’ मात्रै काम लाग्ने देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । त्योभन्दा माथि नयाँ मसला हालेर सुरुदेखि […]
कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो । कूल २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकामा विस्तार गर्न नसकिएपछि उपलब्ध चौडाइमै कालोपत्र भएको थियो । उपलब्ध पाँच÷छ मिटर चौडाइमा कालोपत्र भएको थियो । सडकको चौडा कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा भएको