१२ साउन, जनकपुरधाम । महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ […]