सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिबेशनमा माओवादी पृष्ठभूमिका तीन जना जिल्ला सदस्य पदमा लोकप्रिय मतसहित विजयी भएका छन् । २२ जना खुला सदस्यमध्ये गंगाराम तिमिल्सिना ३६४ मत, बोधविक्रम जिसी २८८ मत र शिवराज अधिकारी २८३ मतसहित विजयी भएका हुन् । उनीहरु तीनै जना अध्यक्षमा निर्वाचित अमृत बिसी प्यानलका हुन् ।