दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

देउखुरी, २४ जेठ । वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् । त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा […]

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् । पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।” व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन् । व्यावसायिक तरकारी खेती, बङ्गुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन् । गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए । समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संंस्था […]

‘फुड ट्रक’बाट मनग्य आम्दानी

काठमाडौँ,२४ पुष । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् । […]

फिलीपिनो महिला बनिन् उदाहरण, ‘फुड ट्रक’बाट मनग्य आम्दानी गर्दै

टङ्कीसिनवारी – मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन्। कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरिन्। ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन्। विश्वकर्मा र ग्रान्डाले फुड […]

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै नवलपुरका महिला

काठमाडौँ,३ पुष । वनमा पाइने थाकल, काँस, पटेरलगायतका कच्चापदार्थबाट हस्तकालाका सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गर्ने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका महिला वनमा आधारित कच्चा पदार्थबाट हस्तकालका सामग्री निर्माण गरी आयआर्जन गर्न थालेका हुन् । वनमा पाइने थाकल, काँस, पटेर, सालको पातलगायत वन पैदावरबाट विभिन्न हस्तकला सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी […]

व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

देउखुरी, २ भदौ । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उनी लमही बजारमा बस्थिन्  । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए  । उनले सिलाइकटाइ तालिम लिगे र कपडा सिलाउन थाले तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन् […]

पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका हुन् । मिक्लाजुङ २ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुपालन पशुफर्म दर्ता गरी मनग्य आम्दानी गरिरहनुभएको छ । बंगुरको सबै […]

सामूहिक तरकारी खेती र माछापालनबाट आम्दानी गर्दै दलित महिला

सल्यान : सामूहिक तरकारी खेती र माछापालनबाट सल्यानका दलित महिलाहरूले मनग्य आम्दानी गर्न थालेका छन्।तरकारी खेती र माछापालनबाट सिजनमा एक जनाले ४५ देखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको शारदा नगरपालिका–६ बरलाकी सुन्तली बादीले बताइन्। धेरै वर्ष बालुवा गिट्टी कुटेर घरखर्च चलाउँदै आएकी सुन्तलीले सामूहिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बालुवागिट्टी कुट्न छाडेको बताइन्।बरलाकै टिका नेपालीले पनि सामूहिक रुपमा आवद्ध भएर तरकारी र माछापालन गर्न थालेपछि अर्काका अघि हात थाप्नु नपरेको बताइन

पाल्पाका महिलालाई घाँस खेतीबाट मनग्य आम्दानी!

पाल्पा – तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट आम्दानी हुन थालेपछि उनीहरू व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्। तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रूपमा व्यावसायिक घाँसखेती गरी १५ हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। केही वर्षदेखि घाँसको […]