राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पार्टीभित्रै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब परेको छ। बबरमहलस्थित वन कार्यालयमा स्थापना गरिएको नयाँ पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको परिणाम स्वीकार गरी चुनावमा जान दबाब दिएका छन्। यो खबर चिरञ्जिवि ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्। अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबारदेखि…