काठमाडौं : नेपाली कांग्रेसको इतर पक्षले राष्ट्रियसभा निर्वाचनको लागि उपयुक्त मापदण्ड बनाउन पार्टीलाई दबाब दिने भएको छ। बुधवार बसेको इतर पक्षको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि मापदण्ड बनाउन दबाब दिने निर्णय गरेको हो। चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकाहरूलाई राष्ट्रियसभामा लान नहुने निष्कर्ष बैठकले निकालेको छ। बैठकमा सहभागी इतर पक्षका अधिकांश नेताले पटक पटक अवसर पाएका, अघिल्लो चुनाव हारेका र समानुपातिक सूचीमा बसेकाहरुलाई राष्ट्रियसभा चुनावमा सहभा