नवलपरासीका किसान पानी नपर्दा चिन्तित

नवलपरासी । नवलपरासीमा दुई सातादेखि परेको खडेरीले धानबालीलाई नोक्सानी पुर्‍याएको छ । खडेरीकै कारण जिल्लाको धान उत्पादनमा समेत कमि आउने भएको छ । किसानहरुले यसवर्ष जेठको अन्तिम सातादेखि धान रोपाइँ गरेका थिए । जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रमध्ये ९५ प्रतिशतमा रोपाइँ सकिएको छ । मल अभावका बाबजुद धान रोपेका किसान अहिले फेरि पानीको अभावले […]

सम्बन्धित सामग्री

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

महोत्तरी, १७ साउन । मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्नेरनपर्ने पिरोलो बढ्छ । पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको […]

पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ

चितवन – पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसान चिन्तित भएका छन् । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् । विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित […]

पानी नपर्दा खेतमा सुक्दै तरकारी

रौतहट : केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन कष्टकर भएको हो।लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्दै आएका रौतहटका किसान चिन्तित बनेका छन्। खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरूले लगाएका तरकारीका बोट सुक्दै गएको देखेर चिन्तित परेका हुन्।लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो। खेतबारीमा भण्टा, परबल, घिरौला, झि

पानी नपर्दा सर्लाहीका किसान चिन्तित

सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।यतिखेर इनार, क

अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । अर्का किसान मानबहादुर ...

पानीकाे अभावमा बाँझै छन् खेत, राेपेका गहरामा धाँजा

दाङ – धान रोपेको गहरामा पानी छैन्। पानी नपर्दा रोपाइँ भएको गहरामा धाँजा फाटेको छ। यसरी धाँजा फाट्दा लमही नगरपालिका-५ निवासी किसान कालिप्रसाद चौधरी चिन्तित छन्। वर्षभरी खाने अन्न भित्र्याउन गरिएको खेतीलाई पानीले साथ दिएको छैन्। करिब १७ कट्ठामा धान रोपाई गरेका कालिप्रसादका अनुसार साउन महिनामा पानी नपरे धान उब्जनी हुँदैन।‘पानी पर्दैन्। बल्ल तल्ल रोपाइँ […]

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।       पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।      वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय शुरू भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ । रासस

बाँकेमा सुक्यो रोपेको धान, किसान चिन्तित

नेपालगञ्ज – लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ। जिल्लामा असार सकिँदा ८५ प्रतिशत मात्रै रोपाइँ भएको छ। १५ प्रतिशत रोपाइँ हुन बाँकी छ। तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको हो। धान रोपेको गरामा धाँजा फाटेको छ। लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर […]

पानी नपर्दा किसान चिन्तित

लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्। यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गर्नुभयो। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उहाँको भनाइ छ।