सत्तारुढ दल नेकपा ९एमाले० को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सम्मिलित नेताहरुबीच वार्ता जारी छ । नक्सालस्थित होटल मेरियटमा करिब एक घण्टा अघिदेखि जारी बार्ताबाट ठोस सहमति हुने विश्वास गरिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार कार्यदल स्तरमा वार्ता सकारात्मक भएपछि अन्तिम सहमतिका लागि अध्यक्ष तथा वरिष्ठ नेताबीच वार्ता शुरु भएको हो । सम्भवतः आजै सहमतिपछि संयुक्त विज्ञप्ती जारी हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, नेता विष्णुप्रसाद पौडेलको सहभागीता रहेको बताइएको छ । त्यस्तै, वरिष्ठ नेता नेपालसहित नेताहरु भीमबहादुर रावल र सुरेन्द्र पाण्डे वार्तामा सहभागी रहनुभएको बालुवाटार स्रोतले जनाएको छ ।