‘फोर लेन’ सडक निर्माणको काम सुस्त, ठेकेदार मस्त

०७५ पुस १३ गतेदेखि लमही–घोराही–तुलसीपुर ‘फोर लेन’ सडक निर्माणको काम सुरु भयो । निर्माण सुरु भएको ३० महिनाभित्र अर्थात् ०७८ असोजसम्म सडक विस्तार सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले जिम्मा लियो ।यस बीचमा निर्माण कम्पनी कतै देखा परेन । प्रतिनिधिमार्फत सडक विस्तारको काम अल्झाइरह्यो । तोकिएको हदम्यादभित्र कुनै काम नभएपछि सडक विभाग र मन्त्रालयले निर्माण कम्पनीलाई ताकेता गरे पनि कम्पनीले आफ्ना प्रतिनिधि नेपालमै रहेर सडक निर्मा

सम्बन्धित सामग्री

ठेकेदारको लापरबाहीले निर्माणको काम सुस्त

बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ ।

राकम कर्णाली नयाँ सहर आयोजना : बजेट अपुग, काम सुस्त

राकम कर्णाली नयाँ सहर आयोजना निर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भए पनि अझै प्रभावकारी काम हुन सकेको छैन ।

निर्माणको काम सुस्त भएपछि मेयरले रोके ठेकेदारको गाडी

८ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै उनले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६ लेन सडक परियोजनाको इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत […]

धुलियाबिट-भेडाबारी सडक निर्माणको काम सुस्त

सुर्खेत– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट-भेडाबारी सडकको २५ प्रतिशत काम भएको छ । करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। सुर्खेतको धुलियाबिट-भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ। यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ। […]

६ वर्षमा बनेन ४ किलोमिटर सडक

चितवन – झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन। सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो। सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ। सुरुआतका चरणमा रूख कटान, […]

दुई वर्षमा सक्नुपर्ने आइसिपी निर्माण डेढ वर्षमा ३५ प्रतिशत

भारतले चासो नदिँदा नेपालगन्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम सुस्त गतिमा भइरहेको छ । दुई वर्षमा सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरी सुरु भएको काम डेढ वर्षमा ३५ प्रतिशत...

हुलाकी राजमार्गको मोरङ खण्डको काम सुस्त

मोरङ । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम सुस्त रहेको छ । सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ । मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महीनामा २० प्रतिशत मात्र पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजना निर्माणका लागि प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले बताएको छ । २०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको थियो । सो आयोजनाको निर्माण २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण भइरहेको छ । बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताए । सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र ७ दशमलव पाँच किलोमिटर सबबेसको काम भएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफ्नो पालिकामा ठेक्का पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा हुलाकी सडक विस्तारले गति लिन नसकेको बताए । निर्माण पूरा नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक धुलाम्मे हुँदै आएको छ । ठेकेदार कम्पनीले ठेक्का लिएको दुई बितिसक्दा पनि २० प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उक्त सडक सुक्खायाममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । विराटनगर–रंगेली सडकखण्डमा कल्भर्ट बनाउन भत्काइएका सडकमा खाल्डाखुल्डी बनेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ भने कामको प्रभावकारी अनुगमन हुन नसक्दा ढिलासुस्ती भइरहेको स्थानीयवासी उद्धव कोइरालाको गुनासो छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको मोरङको हुलाकी सडकमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कालिका कन्स्ट्रक्शनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छ भने बाँकी चारओटा ठेकेदार कम्पनीको कामको प्रगति २० प्रतिशत मात्र छ । रासस

हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त

हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण सुरु गरेको हो । किसानले उत्पादन गरेको दूध विभिन्न कारणवस सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण […]