गठबन्धन बचाउन सभामुखको पद छाडेका हौं : दुर्गा चापागाईं

विराटनगर : माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईंले माओवादीले गठबन्धन बचाउन र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुखको पद त्याग गरेको स्मरण गराएका छन्।प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट सांसद चापागाईंले सभामुखको राजीनामाको स्मरण गर्दै यस्तो बताएका हुन्। प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरु निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नि

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार : संघीय सरकारसँग ३ अर्ब ४८ करोड बजेट माग्ने

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारलाई सहयोग गर्नेगरी विभिन्न समिति गठन गरेको छ, जसमा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति छ । उक्त समितिका सदस्यहरूमा पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य छन् । यसैगरी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहनेगरी कानून, न्याय तथा प्रदेश मामिला समिति समेत गठन भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंको संयोजकत्वमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन भएको सरकारका प्रवक्ता सिटौलाले जानकारी दिए । यता, प्रदेश सरकारले कोशी नाम खारेजीको माग गर्दै भइरहेको आन्दोलनको विषयमा भने कुनै निर्णय गरेको छैन । यद्यपि सो आन्दोलनलाई नजिकबाट हेर्नेगरी राजनीतिक तथा प्रशासनिक समितिले काम गर्ने मन्त्री सिटौलाले जानकारी दिए । ‘यसमा औपचारिक रूपमा कुनै छलफल भएन,’ उनले भने ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २९ पुष । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छने । कार्की आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरका छन् । उनीहरुको […]

प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गएको आइतवार ६० सांसदक...

प्रदेश १ : मन्त्रिपरिषद् विस्तार, माओवादीका दुई र एमालेका एक थपिए

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको छ।आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनीहरुको मन्त्रालय तोकिएको छैन। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रि

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज नेकपा एमालेका एकजना र माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । एमालेबाट बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री भएका छन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईं हुनुहुन्छ । मुख्यमन्त्री […]

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, एमाले र माओवादीका गरी तीन मन्त्री थप

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। आज शुक्रबार संसदबाट विश्वासको मत लिनुअघि नेकपा माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज थप गरेका तीन मन्त्रीमा: माओवादी केन्द्रका जीवन आचार्य, दुर्गा चापागाईं र एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई रहेका छन्। यी मन्त्रीहरूलाई हालसम्म कुनै […]