काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा तीन जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ जनामा झरेको छ ।