नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीले अब माओवादी धारालाई विस्तारै समाजवादी धारामा रुपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । 'माओवादी धारालाई अब विस्तारै समाजवादी धारामा रुपान्तरण गरी सोहीअनुसार हाम्रो सैद्धान्तिक मार्गनिर्देशन तयार गर्नुपर्छ,' जारी केन्द्रीय समितिको बैठकमा शनिबार बोल्दै उपमहासचिव शर्माले भनेका छन् ।