नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी सरकार नहुँदा संविधानमा उल्लेखित उपलब्धिहरू कार्यान्वयनमा आउन नसकेको बताएका छन् । दिक्तेलमा शनिबार आयोजित दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको भवन उद्घाटन गर्दै दश वर्षे जनयुद्ध, जनआन्दोलनको जगमा बनेको संविधान स्थायी सरकार बन्न नसकेका कारण कार्यान्वयन नभएको बताए।