बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका-२ स्थित उचिडिहवामा थारु होमस्टे सञ्चालनमा आएको छ। सोमवारबाट सञ्चालनमा आएको होमस्टेबाट थारु खानपिन, कला संस्कृति, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य लिइएको छ।
होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि १० लाख अनुदान दिएको छ। त्यस्तै, कार्यक्रम सञ्चालन…