पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने ४८ वर्षिय अजित अन्सारी, २५ वर्षिय शैलेश गुप्ता र २३ वर्षिय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको