‘इ-कमर्समार्फत स्वदेशी वस्तुको प्रवर्द्धन’

मन्त्री बडुले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको दावी गरे। ‘आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति...

सम्बन्धित सामग्री

स्वदेशी वस्तु खरीदमा केले रोकेको छ ?

सरकारले १५ प्रतिशत बढी महँगो परे पनि सरकारी कार्यालयहरूमा स्वदेशी सामान नै प्रयोग गर्नुपर्ने निर्देशिका जारी गरे पनि स्वदेशी वस्तुको प्रयोग भने हुन सकेको छैन । यसले हचुवाका भरमा निर्णय गर्ने र कार्यान्वयनमा वास्ता नगर्ने सरकारी प्रवृत्तिलाई उजागर गरेको छ । सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोगका लागि कर्मचारी नै बाधक हुन् भन्ने पनि यसले देखाउँछ । सरकारले स्वदेशी वस्तु प्रयोगको नीति लिएको छ भन्दैमा गुणस्तरविहीन सामान महँगोमा भिडाउने प्रवृत्ति स्वीकार्य हुँदैन । त्यसैले जेजस्तो भए पनि गुणस्तरीय वस्तुको उत्पादन नबढाउने हो भने यस्ता नीतिले खासै काम गर्दैन । सार्वजनिक खरीद नियमावली २०६४ मा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्था कार्यान्वयनमा समस्या आएपछि सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१’ मन्त्रिपरिषद्को बैठकले २०७२ वैशाखमा स्वीकृत गरेको थियो । यसका कार्यान्वयनका लागि सरकारले गत फागुन ५ गते परिपत्र जारी गरेको छ । ऐन र निर्देशन बनिसकेको अवस्थामा त्यसको कार्यान्वयन नगर्ने निकाय र अधिकारी दोषी हुन्छन् । सरकारी निर्देशन नमान्ने कर्मचारीलाई कारबाही गरेको भए यसको कार्यान्वयन उहिल्यै भइसक्थ्यो तर त्यसो हुन सकेन । सरकारी कर्मचारी काम नगर्नका लागि अनेक बखेडा झिक्छन् र आफू पानी माथिको ओभानो बन्छन् । कार्यालयहरूमा स्वदेशी उत्पादन प्रयोग गर्ने विषयमा पनि यस्तै भएको पाइन्छ । कर्मचारीहरूले ऐन नियमलाई दोष दिने गरेका छन् । आपूर्तिकर्ताले नै स्वदेशी सामान आपूर्ति नगरेको दोष दिएर आफू चोखिन खोजेका छन् जुन गलत छ । त्यस्तै डन्डी, सिमेन्टजस्ता केही वस्तु स्वदेशी प्रयोग गरेको भनेर तर्क गर्नु पनि नसुहाउँदो भनाइ हो । यी वस्तु नेपालमै उत्पादन हुने र सहज उपलब्ध हुने भएकाले सर्वसाधारणले पनि विदेशी सामान प्रयोग गर्दैनन् । सरकारी कार्यालयहरूमा पीनदेखि लिएर कुर्सीमा राख्ने रूमालसम्म स्वदेशी प्रयोग गर्न सकिन्छ । केही नेपाली वस्तु गुणस्तरीय पनि छन् । तर, आपूर्ति भएन भन्नु तर्क नै होइन किनकि नेपाली उत्पादकहरूले नै आफ्नो सामान प्रयोग होस् भन्ने चाहेका छन् । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने र सरकारी कर्मचारी, प्रहरी, सेना, शिक्षक आदि सबैलाई यहीँ उत्पादित कपडा प्रयोग गर्न अनिवार्य गर्ने भन्ने बताए पनि न कारखाना खुल्यो न यस्तो निर्णय नै भयो । यसले सरकारको भनाइ र काम गराइको अन्तर देखाउँछ । यस्तै निर्णय हाते कागजका बारेमा पनि छ । सरकारले नेपाली नागरिकताको प्रमाणपत्र हाते कागजमा बनाउने निर्णय गरेको भनी हाते कागज उद्योगसँग बतायो । तर, यसो भनेको कैयौं वर्ष बिते पनि यसतर्फ सिन्को भाँच्ने काम पनि भएको छैन । सरकारले यो निर्णय नै बिर्सिसकेको जस्तो देखिन्छ । हुन त नेपालका धेरै कार्यालयमा संस्थागत स्मरण (इन्स्टिच्युशनल मेमोरी) नै छैन जस्तो देखिन्छ । यसैले एउटा सरकारले गरेको निर्णय अर्को सरकारले बेवास्ता गर्ने प्रवृत्तिले निरन्तरता पाइरहेको देखिन्छ । कुनै संस्थामा यस्तो हुन्छ भने त्यसले काम गर्न सक्दैन । हुन त मूल्य र गुणस्तर नहेरी स्वदेशी वस्तु नै प्रयोग गर्ने भनी अनिवार्य गर्न नहुने केही व्यक्ति तर्क गर्छन् । त्यस्तै नेपाल विश्व व्यापार संगठनको सदस्य बनेका नाताले प्रतिस्पर्धाकै आधारमा सामान प्रयोग गर्नुपर्छ भन्ने भनाइ पनि पाइन्छ । आफ्नो देशको सामानलाई जोगाउन विश्वका सबै देशले केही न केही नीति लिएका छन् । तर, प्रतिस्पर्धी क्षमता नभएको नेपालले भने स्वदेशी उत्पादनको प्रयोग बढाउन ठोस खालको निर्णय लिएको पाइँदैन । सरकारले स्वदेशी वस्तु प्रयोगको नीति लिएको छ भन्दैमा गुणस्तरविहीन सामान महँगोमा भिडाउने प्रवृत्ति स्वीकार्य हुँदैन । त्यसैले जेजस्तो भए पनि गुणस्तरीय वस्तुको उत्पादन नबढाउने हो भने यस्ता नीतिले खासै काम गर्दैन । मुलुकभित्र प्रशस्त सामान उत्पादन हुन थाल्यो भने सरकारले अनिवार्य नगर्दा पनि स्वदेशी सामान प्रयोग गर्ने वातावरण बन्छ । अहिले पनि केही नेपाली उत्पादन यस्ता छन् जुन प्रयोग गर्न कसैले निर्देशन दिनु पर्दैन, प्रोत्साहन दिइरहनु पर्दैन ।

स्वदेशी वस्तु अनिवार्य खरिदका लागि फेरि परिपत्र

सरकारी कार्यालयहरुमा स्वदेशमै उत्पादित वस्तुको प्रयोगलाई अनिवार्य गरिने भएको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका, २०७१ लाई चालू आर्थिक वर्षबाटै पूर्ण कार्यान्वयनका लागि सरकार जुटेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशिका कार्यान्वयनमा चासो देखाएसँगै सरकारी कार्यालयमा स्वदेशी वस्तुको अनिवार्य प्रयोगका लागि कार्ययोजना अघि बढाएको छ […]

स्वदेशी वस्तु नभएपछि कसरी अर्थतन्त्र बढ्छ ?

नेपाली बजारको विकास छिटो हुँदैछ। तर बजारअनुसार हाम्रो व्यापार र उत्पादन राम्रो भइरहेको छैन। हामीले अत्यावश्यक बस्तुमा समेत १५ प्रतिशत क्यापासीटिमा काम गर्नु पर्ने भइरहेको छ। एक त लकडाउन भयो। मानिसहरूले भोज भतेरहरू नगर्ने भए। स्थानीय प्रशासनले रोक लगायो। काम नगरेको बेला पनि हामीले सम्पूर्ण पैसा दिनु पर्‍यो। कर्मचारी पाल्नैपर्ने थियो। डिमान्ड कम भएको कारणले […]

‘सरकारी कार्यालयमा ६० प्रतिशत स्वदेशी वस्तु प्रयोग गर्न माग’

मुलुकमा अधिकांश वस्तु विदेशबाट आयात भएर परनिर्भर भैरहेको अवस्थामा स्वदेशी उत्पादन बढाउनका लागि सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने माग उठेको छ ।...

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […]

अब स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन्।...

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा

आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसङ्घले स्वदेशी वस्तु उत्पादन र उपभोग वृद्धि दशक घोषणा गर्ने र ‘मेक इन नेपाल’ अभियान कार्यान्वयनमा सहयोग गर्ने सरकारको घोषणाप्रति आभार प्रकट गरेको हो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा …

स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक घोषणा सकारात्मक: परिसंघ

काठमाडौं । आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रुपमा कार्यान्वयन गर्ने सरकारको गरेको घोषणालाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बोल्दै आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा अघि बढाउने घोषणा गरेकी थिइन् […]

स्वदेशी वस्तु उपयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न पहल

काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्योलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ।महासंघको हालै वीरगञ्जमा सम्पन्न २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्य समितिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी

सरकारको न्यूनतम साझा कार्यक्रमले स्वदेशी वस्तु खपत बढाउने परिसंघको विश्वास

काठमाडौं।सरकारले सार्वजनिक गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले कोभिड–१९ को महामारी नियन्त्रणको लक्ष्य लिनु सकारात्मक भएको उद्योग परिसंघले बताएको छ।एक विज्ञप्ति जारी गर्दै परिसंघले उक्त कार्यक्रमले औद्योगीकरण र उत्पादनमूखी अर्थतन्त्रमा जोड दिने विश्वास व्यक्त गरेको हो।कार्यक्रमले परिसंघले अघि बढाएको'मेक इन नेपाल स्वदेशी–अभियान’लाई विशेष सहयोग गर्ने बताइएको छ।परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धिका लागि अभियान सञ्चालन गरिरहेको छ।