नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए ।
उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनीसमेत दिए ।
गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । उनले...